Logo

प्रमुख समाचार

आगामी निर्वाचनमा एमालेले जिते देशको राजनीति फेरि रेड जोनमा जान्छ : मन्त्री चौधरी



काठमाडौं । शहरी विकासमन्त्री मेटमणि चौधरीले मंसिरमा हुने निर्वाचनमा एमालेले जितेमा देशको राजनीति फेरि रेड जोनमा जाने बताएका छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले शनिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले यस्तो दाबी गरेका हुन् ।

एकीकृत समाजवादीका​ पोलिटब्युरो सदस्य समेत रहेका चौधरीले नेकपा एमालेबाट कानुनी राज्यको धज्जी उडाउँदै संसदीय प्रणालीमा वितृष्णा ल्याउने काम भएकाले बाध्य भएर अन्य दलसँग गठबन्धन गर्नुपरेको बताए ।

एमालेका अध्यक्ष केपी ओलीले पटक पटक संसद विघटन गरेर मुलुकमा अराजकता फैलाउने काम गरेकाले संविधान विरोधी तत्वहरुबाट देश बचाउन पनि सबै पार्टीहरू एकजुट हुनुपरेको जिकिर गरे । उनले मुलुकमा संविधानलाई संस्थागत विकास गर्नको लागि गठबन्धन दलहरु बिजय हुनुपर्ने औंल्याए ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार ११:३०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।