काठमाडौं । नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवं पूर्वसभामुख ओनसरी घर्तीले तिनिधिसभा र प्रदेश सभाको आगामी निर्वाचनमा प्रत्यक्षतर्फ महिलाको उम्मेदवार संख्या बढाउनुपर्नेमा जोड दिएकी छन् । प्रत्यक्षतर्फ चुनाव लड्न सक्ने महिला रहेक पार्टीमा रहेका बताउँदै टिकट वितिरणमा नेतृत्वले ध्यान दिनुपर्ने उले बताइन् ।
माओवादीको अखिल नेपाल महिला संघ क्रान्तिकारीले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रममा पूर्वसभामुख घर्तीले पार्टीका शिर्ष नेताहरूमा महिलाहरू समानुपातिकका लागि मात्र हुन् भन्ने मनोविज्ञान रहेको र स्वयं महिलाहरू समेत समानुपातिक पद खान लालायित हुने प्रवृत्ति देखिएको बताइन् । ‘राजनीतिक पार्टीहरूमा महिलाले आफ्नो पकड निर्वाचन क्षेत्र बनाउन सक्दैनन् भन्ने पनि छ’, उनले भनिन्, ‘महिलाहरू समानुपातिकमा मात्र लालायति हुँदा र प्रत्यक्ष निर्वाचन लड्न तयार नहुँदा पुरुष नेताहरूमा महिला भनेका समानुपातिकका लागि मात्र हुन् भन्ने मनोविज्ञान निर्माण भएको छ ।’
पुरुषहरूलाई पितृसत्तावादी भनेर गाली गर्ने महिला आफैं त्यो मनोदशाबाट ग्रस्त भएको घर्तीको टिप्पणी थियो । उनले आफूभित्रको पृत्तसत्तावाद जबर्जस्त निकालेर फाल्न सक्नुपर्नेमा जोड दिइन् । महिलालाई अगाडि बढाउने विषयमा विगतको तुलनामा धेरै परिवर्तन आएको र पुरुष नेतृत्वले समन्वय गर्ने गरेको उनले बताइन् ।
महिलाहरूले अवसर पाएमा जस्तोसुकै जिम्मेवारी पनि पूरा गर्न सक्छन् भन्ने प्रमाणित भएको उनको भनाइ थियो । सभामुख हुँदा आफ्नो खिसिट्युरी भएको तर जिम्मेवारीपूर्ण रूपमा आफूले काम गरेको उनको भनाइ थियो ।




















प्रतिक्रिया