Logo

राजनीति

सय सिटभन्दा कम लिएर कांग्रेसले गठबन्धन गर्नुको अर्थ छैन : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले एक सय सिटभन्दा कम लिएर गठबन्धन गर्नुको अर्थ नहुने बताएका छन् । जनताको साथमा कांग्रेस अभियानअन्तर्गत शनिबार मोरङ क्षेत्र ६ कांग्रेसको सभालाई सम्बोधन गर्दै नेता कोइरालाले कांग्रेस एक सय सिटभन्दा कम सिट लिएर निर्वाचनमा जान नहुने बताए ।

नेता काेइरालाले अहिले देशको प्रतिकूल अवस्था रहेकाले मात्र ठबन्धनलाई स्वीकारेकाे भन्दै गठबन्धनका अन्य दलले कांग्रेस कमजोर भयाे भनेर नबुझ्नसमेत चेतावनी दिए । ‘अहिले देशको प्रतिकूल अवस्था रहेकाले गठबन्धनलाई स्वीकारेर निर्वाचनमा जानु परेको हो । तर कांग्रेस कमजोर छैन, एक्लै पनि निर्वाचनमा जान सक्षम छ’, उनले भने, ‘तर परिस्थिति अनुकूल नभएकाले गठबन्धनमा जानू हाम्रो लागि बाध्यता हो ।’

नेता कोइरालाले गठबन्धनका अन्य पार्टीले दाबी गर्दैमा कांग्रेसको प्रभाव भएका कुनै पनि क्षेत्र छोड्न नसकिने स्पष्ट पारे । कहाँ कसको संगठन कस्तो छ ? जित्ने आधार कति छ ? सबै कुराको लेखाजोखा गरेर मात्रै सिटको बाँडफाँट गरिने नेता कोइरालाले बताए ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार १६:०३   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।