बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा प्रदेशसभा निर्वाचमा गरिने तालमेलले पहिलेको भन्दा राम्रो परिणाम दिने बताएका छन् । शनिबार बुटवलमा पार्टी प्रशिक्षण कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले स्थानीय तह निर्वाचनको भन्दा बलियो तालमेल हुने बताएका हुन् ।
‘स्थानीय तहको निर्वाचनमा आपसी तालमेल राम्रो नभएपनि प्रदेश र संघको निर्वाचन राम्रो गर्दैछौं’, प्रचण्डले भने । स्थानीय तहको निर्वाचनबाट शिक्षा लिएर गठबन्धन थप मजबुद बनाइने उनले बताए ।
लुम्बिनी प्रदेशका स्थायी कमिटी सदस्य, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारीहरूलाई राजनीतिक प्रशिक्षण दिँदै अध्यक्ष प्रचण्डले आगामी भदौ २० गतेसम्म माओवादी केन्द्रले स्थानीय पालिका, जिल्ला, प्रदेश र संघका उम्मेद्वारहरुको सिफारिस केन्द्रमा पठाउन आग्रह गरेका थिए । प्रचण्डले माओवादी केन्द्र छोडेर गएका नेताहरु पुनः पार्टीमा फर्किंदा पार्टी झन् बलियो भएको बताए ।
डा. बाबुराम भट्टराई, वामदेव गौतम लगायतका नेताहरुले माओवादीको चुनाव चिन्हबाट चुनाव लड्न तयार हुनुले राम्रो संकेत गरेको प्रचण्डको भनाइ थियो । एकीकृत समाजवादीसँग केही दिनमै चुनाव संयोजन समिति बनाएर अघि बढ्ने तयारी भएको पनि प्रचण्डले बताएका छन् ।




















प्रतिक्रिया