Logo

प्रमुख समाचार

सरकारले गर्‍याे नौं जिल्लाका प्रजिअको सरुवा



काठमाडौं । सरकारले नौं जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ। गृह मन्त्रालयले मंगलबार काठमाडौं र ललितपुरसहित ९ जिल्लाका प्रजिअहरुको सरुवा गरेको हो ।

निर्वाचनका कारण कर्मचारी सरुवा गर्न नपाइने भएपछि गृहले नौं जिल्लामा भने काजमा सरुवा गरेको हो । यसअघि नै निर्वाचन आयोगले सरकारको ध्यानाकर्षण गराउँदै प्रहरी प्रमुख र सीडीओ सरुवा गर्नु पर्ने भए समयमै सरुवा गर्न भनेको थियो ।

ललितपुरका प्रमुख जिल्ला अधिकार घनश्याम उपाध्यायलाई काठमाडौं सरुवा गरिएको छ भने ललितपुरमा जयनारायण आचार्यलाई जिम्मेवारी दिइएको छ । कास्कीमा टेकबहादुर केसी, जुम्लामा मुकेश केसरी, दैलेख गगनबहादुर हमाल, पाँचथर गणेश गैरे, संखुवासभा वीरेन्द्र यादव, उदयपुर जनार्दन गौतम र सप्तरीको सीडीओमा नरहरि खतिवडालाई सरुवा गरिएको छ ।

प्रकाशित मिति : २२ भाद्र २०७९, बुधबार १४:०७   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।