काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंले हैजा र डेंगुको प्रकोप रोकथाम तथा नियन्त्रणका लागि प्रावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले हैजा र डेंगु रोगको प्रकोप बढ्दै गएकोले यसको रोकथाम र नियन्त्रणका लागि सरकारले प्रावकारी कदम चाल्न गम्भीर ध्यानाकर्षण गराएका हुन् ।
बैठकमा नेता सिंहले दसैंलगायतका महत्त्वपूर्ण चाडपर्व नजिकिएकाले बजार अनुगमन र महंगी नियन्त्रणमा विशेष ध्यान दिन पनि सरकार समक्ष आग्रह गरेका छन् ।




















प्रतिक्रिया