Logo

राजनीति

गठबन्धन कार्यदलको बैठक बस्दै, आजै प्रतिवेदन  शीर्ष नेतालाई बुझाइने



काठमाडौं । सत्तारुढ पाँच दलिय गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुंगो लगाउन बनेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ । 

आजको बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन तयार गर्नेछ । कार्यदलले बुधबारबाटै प्रतिवेदन लेख्न थालेको हो । 

सिट बाँडफाँट करिब–करिब टुंगिएकोले प्रतिवेदनलाई अन्तिम रूप दिएर आजै शीर्ष नेताहरूलाई बुझाइपछि संख्या सार्वजनिक गरिने बताइएकाे छ ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार ०६:३१   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।