Logo

राजनीति

कांग्रेसलाई सयभन्दा कम सिट स्वीकार हुँदैन : शेखर कोइराला



जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रतिनिधिसभा निर्वाचनका लागि कांग्रेसले सय सिट लिन पहल गर्नुपर्ने बताएका छन् ।

उनले बुधबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एक सयभन्दा कम सिट आफूहरूलाई स्वीकार्य नहुने बताएका हुन् ।

सत्ता गठबन्धन यतिबेला सिट बाँडफाँटकाे विषयमै रुमलिएकाे र यसलाई समयमै टुङ्ग्याउनुपर्नेमा जाेड दिँदै उनले यस्ताे कुरा बताए ।

गठबन्धनकाे बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज पनि बस्दै छ । बिहान नौ बजे बस्नेगरी बोलाइएको साे बैठक पछि कार्यदलले तयार गरेको प्रतिवेदन आजै शीर्ष नेताहरूलाई बुझाउने तयारी रहेकाे स्राेतकाे दाबी छ ।

प्रत्यक्षतर्फ समेट्न नसकिएका व्यक्तिलाई समानुपातिकतर्फ राख्नुपर्ने बाध्यता कारण सत्तारुढ दलहरूले सिट बाँडफाँट टुङ्ग्याउन निरन्तर बैठक बस्दै आएका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार ०८:०१   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।