रुकुमपूर्व । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्र रुकुम पूर्वले उम्मेदवार सिफारिस गरेको छ । पार्टीले प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष र समानुपातिक तर्फका उम्मेदवार सिफारिस गरेको हो ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ गणेशमान पुन, पूर्णबहादुर घर्तीमगर, कमला रोका, दजजीत सेर्पाइली र जुनकुमारी रोका गरी ५ जनालाई सिफारिस गरेको छ । प्रतिनिधि सभाको समानुपातिकतर्फ जगत घर्ती र सुवोध सेर्पाइली सिफारिसमा परेका छन् ।
यस्तै, प्रदेशसभा (क) को प्रत्यक्षतर्फ तेजबहादुर वली, रामसुर बुढामगर, जीताराम कामी, भीमकुमारी पुनमगर, संगम रोकामगर, ओमकुमारी शाही, कालिप्रसाद रोकामगर र तारक पुनलाई सिफारिस गरिएको छ । प्रदेशसभा (खं) को प्रत्यक्ष तर्फ कुमारी बराल, लालबहादुर विष्ट, धनमान पुनमगर, मन्सराम खड्का र केशव रावलको नाम सिफारिस भएको छ ।
प्रदेश सभा समानुपातिकतर्फ दिलु बुढामगर, हर्कबहादुर कामी, लिलाप्रसाद सुनार र भुलबहादुर विकको नाम सिफारिस गरिएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पूर्वले जानकारी दिएको छ ।




















प्रतिक्रिया