Logo

प्रमुख समाचार

‘चुनाव लड्न पैसा छैन, मलाई उम्मेदवार सिफारिस नगर्नु’



बुटवल । माओवादी केन्द्र कपिलवस्तुका इञ्चार्ज कमल चुँदालीले आफूलाई उम्मेदवार सिफारिस नगर्न पार्टी नेताहरुलाई आग्रह गरेका छन् । निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै उनले उम्मेदवार भएर खर्च गर्ने आर्थिक मामर्थ्य आफूसँग नभएकाले प्रत्यक्ष र समानुपातिक कतै पनि सिफारिस नगर्न आग्रह गरेका हुन् ।

कपिलवस्तु क्षेत्र नंं. १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारमा प्रस्ताव भएका उनले आफू उम्मेदवार नबन्ने घोषणा गरेका हुन् । ‘मैले दसौंला जोडेर मेरो भनाइ दोहोर्‍याएर राख्दछु, चुनावमा उठ्ने आर्थिक सामर्थ्य म राख्दैन कि यो महँगो निर्वाचन प्रणाली ठेगानमा नआउन्जेल चुनाव मेरोलागी असम्भव छ । सरी भन्दछु मेरो नाम प्रत्यक्ष वा समानुपातिक उम्मेद्बारीमा सिपारिस नगरिदिनुहुन पार्टी पङ्तिमा हार्दिक अनुरोध गर्दछु’, सामाजिक सञ्जालमा नेता चुँदालीले भनेका छन् ।

प्रकाशित मिति : २३ भाद्र २०७९, बिहीबार १४:२९   :  बजे

162
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।