काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलले प्रतिवेदन शीर्ष नेतालाई बुझाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँट गर्न गठित ११ सदस्यीय कार्यदलले अधिकांश क्षेत्रमा सहमतिसहितको प्रतिवेदन आज (बिहीबार) बुझाएको हो ।
कार्यदलले बिहीबार दिनभर छलफल गर्दा पनि केही निर्वाचन क्षेत्रमा दुई दलको र केहीमा तीन दलको दाबी भएका कारण सबैको दाबीसहितको प्रतिवेदन बुझाएको कार्यदल सदस्य वर्षमान पुनले जानकारी दिए । अब ती ठाउँमा शीर्ष तहमा नै छलफल भएर टुंगिने कार्यदलले जनाएको छ ।




















प्रतिक्रिया