चितवन । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको परिस्थितिमा गठबन्धनलाई बचाएर लैजानुको विकल्पन नरहेको बताएका छन् । उनले गठबन्धन ठिक छैन भन्नु कांग्रेसलाई सिध्याउने षड्यन्त्र भएको आरोपसमेत लगाएका छन् ।
१०९औं बीपी जयन्तीको अवसरमा चितवन आयोजित एक कार्यक्रममामा बोल्दै उनले यस्तो बताएका हुन् । ‘गठबन्धनलाई बचाएर लैजान आवश्यक छ । गठबन्धन ठिक छैन भन्नु पार्टीलाई सिध्याउने षड्यन्त्र हो,’ उनले भने।
गठबन्धनकै कारण अहिले आफ्नो पार्टी सरकारमा रहेको, मुख्यमन्त्री र मन्त्री समेत हुन पाएको स्मरण गराए । केपी शर्मा ओली हटाउनका लागि गठबन्धन गरिएको र त्यसले कांग्रेसलाई लाभ मिलेको उनको भनाइ थियो ।
‘पहिले केही थिएन । अहिले सरकार हाम्रो नेतृत्वमा छ । हाम्रा मुख्यमन्त्रीहरू छन्, मन्त्री बनेका छन्। भोलि पनि हुन्छन्’, उनले भने ।




















प्रतिक्रिया