Logo

राजनीति

मुख्यमन्त्री भट्ट डोटीबाट प्रतिनिधिसभा उम्मेदवारमा सिफारिस



डोटी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट प्रतिनिधिसभा सदस्यको उम्मेद्वार सिफारिस भएका छन् । बिहीबार बसेको बैठकले प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ मुख्यमन्त्री भट्टलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको हो ।

भट्ट माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत हुन् । प्रतिनिधिसभा समानुपातिकतर्फ चार जनाको नाम सिफारिस गरिएको माओवादी जिल्ला संयोजक कमल गड्सिलाले जानकारी दिए । उनका अनुसार सिफारिस हुनेमा जनजातिबाट डम्बर घर्तिमगर, दलितबाट जङ्ग विक र जगत सोव र महिलाबाट अन्जिता श्रेष्ठ छन् ।

त्यस्तै, प्रदेश सभा कका लागि प्रत्यक्षतर्फ भरत बोहरा योगेन्द्र, रमेश नागरी र बलबहादुर ओली सिफारिस भएका छन् । प्रदेश सभा खका लागि शिव सिंह ओली, मीनबहादुर घर्ती विश्व र प्रेम कुँवर प्रख्यात सिफारिस भएका छन् ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार १६:४०   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।