Logo

राजनीति

बेलायती महारानी एलिजावेथको निधनमा नेपालले तीन दिन शोक मनाउने



काठमाडौं । बेलायतकी महारानी एलिजावेथ द्वितीयाको निधनमा नेपाल सरकारले तीन दिन शोक मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले स्वर्गीय महारानीको सम्मानमा भदौ २५ गते शनिबारदेखि भदौ २७ गते सोमबारसम्म तीन दिन शोक मनाउने निर्णय गरेको हो ।

बैठकले तीन दिन नै नेपालभरका सरकारी कार्यालय एवं विदेशस्थित नेपाली राजदूतावास र नियोगमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय पनि गरेको एक मन्त्रीले जानकारी दिए । निधनप्रति सरकारले दुःख व्यक्त गर्दै स्वर्गीय महारानीको दिगंवत आत्माको चिरशान्तिको कामना पनि गरेको छ ।

बेलायतमा ७० वर्षसम्म शासन गरेकी उनको आज ९६ वर्षको उमेरमा निधन भएको हो । महारानी एलिजाबेथको जन्म २१ अप्रिल १९२६ मा लण्डनको मेयफेयरमा भएको थियो । उनको वास्तविक नाम एलिजाबेथ एलेक्सान्ड्रा मेरी विन्डसर हो । एलिजाबेथ १९५२ मा बेलायतको महारानी बनेकी थिइन् ।

प्रकाशित मिति : २४ भाद्र २०७९, शुक्रबार १९:४०   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।