Logo

प्रमुख समाचार

गण्डकीको समृद्धिका लागि थालेको काम पूरा गर्न फेरि मुख्यमन्त्री बनेर आउँछु : पृथ्वीसुब्बा गुरुङ



लमजुङ । नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका प्रथम मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूले थालेका अधुरो योजना पूरा गर्नका लागि पुनः मुख्यमन्त्री बन्न प्रदेशसभाको उम्मेदवार बन्न लागेको बताएका छन् । उनले गण्डकीको समृद्धिका लागि आफू फेरि मुख्यमन्त्री बनेर आउने बताएका हुन् ।

गृह जिल्लामा शनिवार आयोजित कार्यक्रममा उपमहासचिव गुरुङले आफूले थालेका काम पूरा गर्न संघीय मन्त्री भएर नसक्ने भएकाले मुख्यमन्त्री नै बन्न चाहेको बताए । उनले जमिन्द्रमान घलेलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएर आफू प्रदेशमा चुनाव लड्न खोजेको प्रस्ट पारे ।

प्रकाशित मिति : २५ भाद्र २०७९, शनिबार १९:२६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।