Logo

प्रमुख समाचार

गुल्मी–२ मा एकीकृत समाजवादीबाट रामकुमारी झाँक्रीको नाम सिफारिस



काठमाडौं । नेकपा एकीकृत समाजवादी गुल्मीले रामकुमारी झाँक्रीको नाम प्रतिनिधिसभा सदस्य निर्वाचन उम्मेदवारका लागि गुल्मी–२ बाट सर्वसम्मत रुपमा सिफारिस गरेको छ। उक्त क्षेत्रमा नेकपा एमालेका गोकर्ण विष्ट यसअघि नै सिफारिस भएका छन् ।

केन्द्रमा सत्ता गठबन्धनले अन्तिम भागबन्डा टुङ्गाइरहँदा झाँक्रीले निर्वाचन तयारी गरिरहेकी छन् । पूर्व शहरी विकासमन्त्री झाँक्रीले केही समयदेखि गुल्मीमै रहेर निर्वाचनको तयारी गरिरहेकी छन् ।

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार विष्टले जितेका थिए । उक्त क्षेत्रमा पुरानो साख कायमै राख्न विष्ट पनि सक्रिय रहेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आईतवार १०:५७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।