Logo

राजनीति

राप्रपा केन्द्रीय समितिको बैठक बस्दै 



काठमाडौं । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै छ । धुम्बाराहीस्थित पार्टी कार्यालयमा आइतबार दिउँसाे ३ बजे केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको राप्रपाका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बैठकमा आसन्न निर्वाचनका लागि चुनावी घोषणापत्रलगायतका विषयमा छलफल हुनेछ । एक साताभित्र निर्वाचन आयोगमा बुझाउनुपर्ने समानुपातिक निर्वाचन प्रणालीका उम्मेदवारका विषयमा पनि बैठकमा छलफल हुनेछ । 

प्रकाशित मिति : २६ भाद्र २०७९, आईतवार १४:१९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।