काठमाडौं । काठमडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)सँगै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन पनि एक्सनमा उत्रिएका छन् । बालेनलाई पछ्याउँदै महानगरभित्र रहेका अनधिकृत संरचना हटाउने अभियान थालेका महर्जनले आज (आइतबार) मञ्जुश्री पेट्रोल पम्प सिल गरेको छ ।
अनधिकृत ठाउँमा संरचना निर्माण गरिएको भन्दै नगर प्रहरीले उक्त पेट्रोल पम्प सिल गरेको हो । ललितपुरको लगनखेलमा रहेको पम्पलाई सिल गर्न महानगर प्रहरीको टिम नै पुगेको थियो । महानगरकै जग्गामा रहेको पेट्रोल पम्प लामो समयदेखि सञ्चालनमा रहेको थियो ।
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका अनधिकृत संरचना हटाउने अभियानलाई तीव्रता दिएसँगै यो अभियानले अन्य क्षेत्रमा पनि प्रभाव पारेको छ ।




















प्रतिक्रिया