काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका अनधिकृत संरचना हटाउने मेयर बालेन साहको अभियान निरन्तर चलिरहेको छ । यसैक्रममा काठमाडौं महानगरपालिकाले तीनकुने कोटेश्वर खण्डमा रहेका अनधिकृत संरचनामा डोजर चलाएको छ ।
सो क्षेत्रमा रहेका फुटपाथ हटाउन महानगरले पटक पटक माइकिङ गर्दै आएको थियो । तर महानगरको सूचना अटेर गरेर फुटापथ ढाकेर बनाएको पाली, भर्याङ, सिंडीहरु हटाउन महानगरले डोजर चलाएको नगर प्रहरी प्रमुख राजु पाण्डेले बताए ।
उनले महानगरभरी रहेका अनधिकृत संरचना हटाउने अभियान निरन्तर भएको भन्दै अटेर गरेमा बल प्रयोग गर्ने बताए । महानगरले कोटेश्वर क्षेत्रमा यो महिनामा मात्रै तीन पटक डोजर चलाइसकेको छ ।
महानगरले यसअघि काठमाडौंका विभिन्न स्थनका नक्सा पास नगरी निर्माण गरिएका संरचनामा पनि डोजर चलाएको थियो । महानगरले अवैध रुपमा बनेका ठूला संरचनालाई नक्सा पास गर्न बिहीबार सूचना जारी गरेको छ ।
महानगरपालिकाले नक्सा पास नगरी बनेका घर तथा भवनको नक्सा ९० दिनभित्र र सीमा पर्खालको नक्सा ३५ दिनभित्र पास गरिसक्न अल्टिमेटम दिएको छ ।
याे पनि




















प्रतिक्रिया