दाङ । दाङ क्षेत्र नं २ बाट प्रतिनिसभा सदस्य निर्वाचन उम्मेदवारमा माओवादी केन्द्रले पूर्वसभामुख कृष्णबहादुर महराको नाम सर्वसम्मत उम्मेदवार सिफारिस गरिएको छ । पार्टीको क्षेत्र नं. २ समन्वय समितिको आइतबार बसेको बैठकले महरालाई सर्वसम्मत सिफारिस गरेको हो ।
माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका महरा ०७४ को निर्वाचनमा पनि यही क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेदवार बनेर विजयी भएका थिए । सोही क्षेत्र नं. २ बाट एमालेका महासचिव शंकर पोखरेलको नाम पनि एकल सिफारिस भएको छ । योसँगै निर्वाचनमा पोखरेल र महराबीच कडा प्रतिस्पर्धा हुने निश्चितप्रायः छ ।




















प्रतिक्रिया