Logo

राजनीति

एकैपटक २९ सहसचिवको सरुवा



काठमाडाैं । सरकारले एकैपटक २९ सहसचिवको सरुवा गरेको छ । चुनावको मिति घोषणा भएयता सुरुवा–बुवा गर्न नपाइने भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले विरोध गरे पनि सरकारले कर्मचारीहरुको सरुवालाई निरन्तरता दिइरहेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै सत्य निरुपण तथा मेलमिलाप आयोगमा कार्यरत शुशील अर्याललाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तानिएको छ । श्रम मन्त्रालयका रमेश अर्याललाई सत्य निरुपणमा खटाइएको छ । सरकारले विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत जम्म २९ जना सहसचिवको सरुवा गरेको हो ।

निर्वाचन आयोगले भदौ २० गते भित्र पदस्थापन र सरुवा गर्ने काम गरिसक्न सरकारलाई निर्देशन दिएको थियो । तर, सामान्य प्रशासन र गृह मन्त्रालयले सरुवा गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।

प्रकाशित मिति : २६ भाद्र २०७९, आईतवार १७:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।