काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग महाभियोग सिफारिस समितिले आज(आइतबार)सम्म ३५ प्रश्न सोधेको छ । उनलाई सोध्न तयार पारिएको ४३ मध्ये हालसम्म ३५ वटा प्रश्न सोधिएको समितिका सदस्य मीन विश्वकर्माले जानकारी दिए ।
उनका अनुसार आइतबार १२ देखि ३५ नम्बर प्रश्नको जवाफ जबराले दिएका छन् । समितिले आइतबार सर्वोच्च अदालतको भवन निर्माणमा भएको भ्रष्टाचारबारेको पश्न पनि सोधेको थियो । जवाफमा जबराले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व अर्थमन्त्री विष्णु पौडेललाई समेत भ्रष्टाचार प्रकरणमा मुछेका छन् ।
बयानका क्रममा जबराले भवन निर्माणमा भएको भ्रष्टाचार बारेको प्रश्नमा आफूले हस्ताक्षर गरेको कपी नै देखाएका थिए । समितिले इच्छाराज तामाङ प्रकरणको अडियोबारे सोधेको प्रश्नमा आफ्नो नभएको भन्दै डिफेन्स गरेका थिए ।
जबरासँग समितिले दिउँसो पौने १ बजेदेखि साढे ४ बजेसम्म सोधपुछ गरेका थियो । उनी बयानका लागि पाँच मिनेटअघि नै सिंहदरबारस्थित कानुन, न्याय तथा मानव अधिकार समितिको सभाकक्षमा पुगेका थिए। समितिले अब २८ गते ४३ मध्ये बाँकी ८ वटा प्रश्नको जवाफ चोलेन्द्रसँग लिनेछ ।




















प्रतिक्रिया