Logo

प्रमुख समाचार

सोह्रखुट्टेका अनधिकृत संरचनामा पनि चल्यो काठमाडौं महानगरको डोजर



काठमाडौं । नक्सा पास नगरी बनाइएका संरचना हटाउने अभियानलाई निरन्तरता दिँदै काठमाडौं महानगरपालिकाले सोह्रखुट्टे क्षेत्रका अनधिकृत संरचनामा डोजर चलाएको छ । यसअघि पटक–पटक सूचना गरिएको भएपनि अटेर गरेको भन्दै डोजर चलाउन बाध्य भएको महानगर नगर प्रहरीले जनाएको छ ।

नगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार अतिक्रमण गरी सञ्चालन भएका फुटपाथ र नक्सा विपरीतको बेसमेन्ट हटाउन डोजर चलाइएको हो । महानगरले अनधिकृत संरचना, नक्सा विपरीत प्रयोग भएका बेसमेन्ट, मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरु हटाउँदै आएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार १५:२३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।