Logo

राजनीति

महाभियोग प्रकरण : समितिमा बयान दिन नजाने सर्वोच्च फुलकोटको निर्णय



काठमाडौं । सर्वोच्च अदालतको फुलकोट बैठकले महाभियोग सिफारिस समितिमा बयान दिन नजाने निर्णय गरेको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोगबारे थप सोधपुछ गर्नुपर्ने भन्दै समितिले आज (बुधबार) पत्र काटेको थियो ।

तर बुधबार अपरान्ह बसेको सर्वोच्च अदालत फुलकोट बैठकले समितिले स्वतन्त्र न्यायपालिका, शक्ति पृथकीकरणको सिद्धान्त र संविधान विपरित न्यायाधीशलाई बयानका बोलाइएका ठहर गर्दै नजाने निर्णय गरेको हो ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार १८:२८   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।