Logo

राजनीति

परराष्ट्र सचिव पौडेल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेट



काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश मन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । विदेश सचिव विनय मोहन क्वात्राको निमन्त्रणामा मंगलबार दिल्ली पुगेका पौडेलले मन्त्री जयशंकरलाई बुधबार भेटेका हुन् ।

मन्त्री जयशंकर र सचिव पौडेलबीच द्विपक्षीय र सहकार्यका विषयमा छलफल भएको भारतस्थित नेपाली राजदूतावासले बताएको छ । ‘परराष्ट्र मन्त्री एस जयशंकर र सचिव पौडेलबीचको भेटमा द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको छ,’ भेटपछि जारी गरेको विज्ञिप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार २२:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।