काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अँगालो हाल्दा छुरा रोपेको आरोप लगाएका छन् ।
बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले पार्टी एकता गरी अर्को अध्यक्ष बनाउँदा प्रचण्डले आफूलाई पार्टीको सदस्यबाट नै हटाएर छुरा रोपेको आरोप लगाएका हुन् ।
उनले भने, “मैले अँगालो हालेको थिएँ प्रचण्डलाई, हात मिलाएको मात्रै होइन । तर, प्रचण्डले हात लुकाइलुकाइ हिँड्थे । म सचेत त थिएँ । नभन्दै मैले अँगालो हालेँ, प्रचण्डले ग्वाम्म छुरी रोपे ।”
आफू नेकपाको एकता जोगाउन लाग्दा साधारण सदस्यबाट हटाइएको भन्दै ओलीले आन्दोलन धोका, छलबाट नहुने पनि बताए । उनले अहिलेको माओवादी केन्द्र प्रचण्ड गुट मात्रै भएको दाबी गर्दै माओवादी केन्द्र एमालेमा नै मिसिइसकेको जिकिर गरे ।




















प्रतिक्रिया