Logo

प्रमुख समाचार

संघीय संसदका दुबै सदनको बैठक बस्दै



काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको बैठक आज शुक्रबार बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ‘न्याय परिषद र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन आव २०७७-०७८’  बैठकमा पेस गर्ने सम्भावित कार्यसूची छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुखले पढेर सुनाउने छन् । राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बस्दैछ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार १०:४९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।