Logo

प्रमुख समाचार

कांग्रेस सहमहामन्त्रीले बुझाए क्लस्टरअनुसार समानुपातिक उम्मेदवारको सूची



काठमाडौं । नेपाली कांग्रेसका ८ जना सहमहामन्त्रीले मातहतका समितिबाट केन्द्रमा सिफारिस भएर आएका समानुपातिक उम्मेदवारको नाम क्लस्टर अनुसार सूचीकृत गरेर प्रतिवेदन बुझाएका छन् । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको शीर्ष नेताको बैठकमा सहमहामन्त्रीहरुले समानुपातिकतर्फ प्रतिनिधि र प्रदेशसभाका लागि सिफारिस भएकाहरुको नाम छुट्याएर बुझाएका छन् ।

सहमहामन्त्री बद्री पाण्डका अनुसार क्लस्टरको अलग अलग सूची बनाइएको र ती सामग्री बैठकमा सहभागी नेताहरुलाई उपलब्ध गराइएको बताए । सहमहामन्त्रीले क्लस्टर

अनुसार तयार पारे उम्मेदवारहरूको सूचीमाथि शनिबार दिउँसो २ बजे बस्ने बैठकमा थप छलफल हुने पाण्डले बताए ।समानुपातिक प्रणालीतर्फ उम्मेदवारको बन्दसूची असोज २ र ३ मा बुझाउने निर्वाचन आयोगको कार्यतालिका छ । प्रतिनिधिसभाका लागि दलहरूले समानुपातिक बढीमा १ सय १० र कम्तीमा ११ उम्मेदवारको नाम बुझाउन सक्छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार २१:५४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।