Logo

राजनीति

प्रतिनिधि सभाको अन्तिम बैठक आज, शीर्ष नेताले सम्बोधन गर्ने



काठमाडौं ।  प्रतिनिधिसभाको अन्तिम बैठक शनिबार दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा शीर्ष नेताहरुले सम्बोधन गर्ने भएका छन् ।

बैठकमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष दलका नेता एवम् एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल लगायतले सम्बोधन गर्ने संसद सचिवालयले जानकारी दिएकाे छ ।

सरकारले पनि संसद् अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शनिबार मध्यरातदेखि संसद्को ११औं अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । आजको कार्यसूचीमा सभामुखले राष्ट्रपतिले पठाएको पत्र संसद्लाई जानकारी गराउने उल्लेख छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची असोज २–३ मा बुझाउने निर्वाचन कार्यतालिका भएकाले सोभन्दा अगाडि नै प्रतिनिधिसभाको आयु सकिएको हो । प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते हुँदैछ ।

प्रकाशित मिति : १ आश्विन २०७९, शनिबार १२:५६   :  बजे

108
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।