काठमाडौं । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सरगर्मी बढेको छ । निर्वाचन आयोग, राजनीतिक दल तथा उम्मेदवारहरुले आ–आफ्नै ढंगले तयारीलाई तीव्रता दिएका छन् भने चोक, गल्ली, होटल तथा रेष्टुराँमा पनि आमनिर्वाचनकै चर्चा छ ।
यसक्रममा दलहरुलाई आकांक्षी धेरै हुँदा उम्मेदवार छान्न चुनौतीको विषय बनेको त छ । नेपालको पुरानो पार्टी कांग्रेस पनि यतिबेला उम्मेदवारको टुंगो लगाउनमै व्यस्त छ । कांग्रेसमा पनि उम्मेदवारका आकांक्षी धेरै भए पनि राम्रा र काम गर्न सक्ने उम्मेदवारलाई मौका दिने कुरामा भने मतैक्यता देखिन्छ ।
कांग्रेसबाट यसपटक उद्योगी व्यवसायी पृष्ठभूमि भएका, अर्थिक विकास र समृद्धिका क्षेत्रमा लामो अनुभव बटुल्नका साथै आफैले गरेर देखाएका, युवा जोश भएका नेताहरुले पनि प्रतिनिधिसभा प्रत्यक्षतर्फ मौका पाउने निश्चित छ । यी नै मध्ये एक हुन्– युवा उद्यमीसमेत रहेका नेता दीपक खड्का ।
को हुन् दीपक खड्का ?
दीपक खड्का संघीय सरकारमा राज्यमन्त्री भइसकेका अनुभवी नेता हुन् । उनी खानेपानी तथा सरसफाइ राज्यमन्त्रीसमे भइसकेका खड्का नेपाली कांग्रेस संखुवासभाको अर्बपति पार्टी सभापति हुन् । २०७३ मा राज्यमन्त्री बन्दा नै उनले आफूसँग प्रशस्तै नगद, सुनचाँदी तथा घर, जग्गा रहेको सार्वजनिक गरेका थिए । ६ वर्षअघि उनले पैत्रिक, दाइजोमा आएको, किनेको गरी अर्बको सम्पति सर्वाजनिक गरेका थिए ।
त्यस विवरणअनुसार उनको बुढानिलकण्ठमा तीन घर र संखुवासभाको चैनपुरमा एक घर छ । उनको बुढानिलकण्ठ र चन्द्रगिरीमा गरी २१ रोपनी बढी जमिन छ । संखुवासभामा ६५ रोपनी छ । जसमध्ये मनकामनामा ४० रोपनी, दिदिङमा ११ र चैनपुरमा ५ रोपनी छ ।
उनीसँग नगदका साथै ६५ तोला सुन, ४०० तोला चाँदी र १३ क्यारेट हिरा रहेको देखिएको थियो । साथै विभिन्न कम्पनीमा गरेर १२ करोड बढीको शेयर ६ वर्षअघि नै उनीसँग थियो । उनीसँग दुई गाडी अहिले पनि छ । आर्थिक रुपमा सम्पन्न खड्का संखुवासभामा लोकप्रिय मानिन्छन् । बिजनेश म्यान रुपमा पनि उत्तिकै चर्चित खड्का पनि यस पटक संसद प्रवेश गर्ने सुरमा छन् ।
पर्यटन व्यवसायी नेता खड्काको ‘खड्का ल्याण्ड एण्ड डेभलपमेन्ट प्रालि’ छ भने उनले पार्टी प्यालेस, होटल तथा रेष्टुराँ र वर्कसप सम्मका व्यवासाय लगानी गरेका छन् । अपुग्दो उनलाई केही नभए पनि उनी राजनीतिमार्फत देश समृद्ध बनाउने सोचमा छन् । खड्काको नाम संखुवासभाबाट प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ एक नम्बरमा सिफारिसमा भएको छ ।
नेता खड्काले चुनाव जित्दा मुलुकलाई यसरी पुग्छ फाइदा
नेपालले आर्थिक विकास र समृद्धिलाई प्राथमिकता दिइरहेको भए पनि मुलुकमा विद्यमान भ्रष्टाचार नै यसमा प्रमुख बाधक बनेको देखिन्छ । महंगो निर्वाचन प्रणालीमा ऋण तथा चन्दा संकलन गरे चुनाव जितेर गएका नेताहरु, माथिल्लो श्रेणीका देखि तल्लो तहका कर्मचारीसम्म भ्रष्टाचारमा संलग्न हुनुले मुलुकले आर्थिक समृद्धि हासिल गर्न नसकेको कुरा तीतो यथार्थ हो । तर आर्थिक रुपमा सम्पन्न नेता दीपक खड्का जस्तो व्यक्ति सांसद बन्न न चन्दा बटुल्नुपर्छ, न त ऋण लिनुपर्छ । उनी जस्ता नेतालाई सांसद र मन्त्री बनेर पैसा कमाउँला भन्ने सपना हुँदैन । तसर्थ नेता खड्का जस्तो व्यक्ति देशको हितअनुकूल हुन्छन् भन्नेमा कुनै दुई मत छैन ।
स्वयम् आफैले आर्थिक सम्पन्नता हासिल गर्दैगर्दा बटुलेका अनुभव मुलुकको आर्थिक विकासमा पनि बाँड्दै उनी जस्ता व्यक्तिले आर्थिक विकासको नेतृत्व गर्न सक्छन् । वार्षिक रुपमा अर्बौं आम्दानी गर्ने राज्यलाई बढी कर तिर्ने नेता खड्का जस्ता व्यक्ति सांसद बन्दा सबै नागरिक र सबै निकायमा कर तिरेर राष्ट्रप्रति जिम्मेवार हुनुपर्छ भन्ने सन्देश जान्छ । साथै सबैले यो दायित्व महसुस गर्न सक्छन्, जसबाट मुलुकले आर्थिक रुपमा थप उचाई लिन सक्छ ।
व्यवसायी तथा व्यापारिक घरानाका व्यक्ति खड्काले नीतिगत तथा व्यवहारिक रुपमा नै युवाहरुलाई उद्यमी बन्न आफ्नो अनुभव साट्छन्, जसबाट मुलुकमा विद्यमान बेरोजगारी समस्या घट्न सक्छ भने स्वयम् अर्बपति व्यक्ति सांसद बन्दा धनसम्पत्ति आर्जन गर्न राजनीतिमा आएको नभइ मुलुकमा राजनीतिक तिथि बसाल्नकै लागि आएका हुन् भन्ने सोझै ठहरिन्छ ।




















प्रतिक्रिया