काठमाडौं । सानिमा बैंक लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ का लागि लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको कात्तिक ४ गते बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
जसमा १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद लाभांश )कर प्रयोजनार्थ) छन् । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ ।




















प्रतिक्रिया