Logo

अर्थ

एभरेष्ट बैङ्कको नाफा ४८.९५ प्रतिशतले बढ्यो, कस्ता छन् अन्य सूचक ?



काठमाडौं । एभरेष्ट बैङ्कको नाफा ४८.९५ प्रतिशतले बढेको छ । आ.व. २०७८/०७९ को पहिलो त्रैमास सम्ममा बैङ्कले ५७ करोड ८८ रुपैयाँ नाफा कमाएको थियो भने आ.व. २०७९/०८० को पहिलो त्रैमास सम्ममा बैङ्कले ८६ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ ।

९ अर्ब ४६ करोड रुपैयाँ चुक्ता पुँजी रहेको एभरेष्ट बैङ्कले १ खर्ब ७३ अर्ब रुपैयाँ निक्षेप सङ्कलन गरी १ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ भने जगेडा कोषमा ८ अर्ब ९९ करोड रुपैयाँ र सञ्चित मुनाफा ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।

बैङ्कको व्यवसाय विस्तारबाट हुने खुद ब्याज आम्दानी ७२.६८ प्रतिशतले बढेर १ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैङ्कको वितरण योग्य मुनाफा ४ अर्ब ७१ करोड रुपैयाँ रहेको छ ।

बैङ्कको निष्क्रिय कर्जा अनुपात ०.३३ प्रतिशत र प्रतिशेयर आम्दानी ३६ रुपैयाँ ४३ पैसा छ भने प्रतिशेयर नेटवर्थ २४७ रुपैयाँ ३२ पैसा र पछिल्लो कारोबार मूल्य रु ५०४.९ को आधारमा मूल्य आम्दानी अनुपात १३.८६ गुणा रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७९, सोमबार ११:३१   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।