Logo

समाचार

आज पनि सार्वजनिक बिदा



काठमाडौं । आज पनि सरकारले तिहार बिदा दिएको छ । लक्ष्मीपूजाको दिनबाट सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट पनि कायम राखिएको हो ।

यसअघिका वर्षमा तिहारमा तीन दिनमात्र सरकारी बिदा दिने गरेको थियो । यस वर्ष भने कुकुर तिहारको दिन सोमबारदेखिनै सार्बजनिक बिदा दिएको छ । यसपटक सरकारले तिहारमा पाँच दिन बिदा दिएको हो ।

अब सरकारी कार्यालयहरु सोमबार मात्रै खुल्नेछ । भोलि शनिबार र पर्सि छठको बिदा परेको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७९, शुक्रबार ०७:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।