काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको नाफा घटेको छ ।
यस अवधिमा कम्पनीले ७९ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको छ । उक्त नाफा गत आवको सोही अवधिको तुलनामा ७५.९७ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा कम्पनीले ३ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । उक्त वित्तीय विवरण अनुसार संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेसँगै खुद नाफा पनि घटेको हो ।
समीक्षा अवधिमा संस्थाको खुद ब्याज आम्दानी ३१.८६ प्रतिशतले घटेर ६ करोड ९१ लाख ५४ हजार रुपैयाँमा सीमित भएको छ भने सञ्चालन नाफा ७५.८९ प्रतिशतले घटेर १ करोड १४ लाख १५ हजार रुपैयाँमा सीमित भएको छ ।




















प्रतिक्रिया