Logo

अर्थ

भारतबाट बढेर आयो पेट्रोलको मूल्य, डिजेल भने घट्यो



काठमाडौं । भारतले पेट्रोलको मूल्य फेरि बढाएर पठाएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर ३.१६ रुपैयाँ बढेको छ ।

आईओसीले हरेक १५–१५ दिनमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउने गरेको छ । आईओसीले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढसँगै नेपालमा पठाउने पेट्रोलियम पदार्थको मूल्य पनि हेरफेर गर्ने गर्छ ।

आईओसीले पठाएको नयाँ मूल्यसूचीअनुसार डिजेलको भाउ भनेर घटेर आएको नेपाल आयल निगमले जनाएको छ । जसअनुसार डिजेलमा भने प्रतिलिटर १.३० रुपैयाँ मूल्य घटेर आएको छ ।

नयाँ मूल्यअनुसार अब निगमलाई पेट्रोलमा प्रतिलिटर १०.७६ रुपैयाँ नाफा हुनेछ। यसअघि निगमलाई प्रतिलिटर पेट्रोलमा १३.९२ रुपैयाँ नाफा थियो। जसअनुसार निगमलाई पाक्षित (१५ दिन)मा १८ करोड रुपैयाँ नाफा थियो ।

डिजेलमा यसअघि प्रतिलिटर १२.१३ रुपैयाँ घाटा व्यहोगर्दै आएको निगमले अब भने १०.८३ रुपैयाँ घाटा रहने निगमले जनाएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७९, बुधबार १७:३३   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।