Logo

अर्थ

ताेलामा ४ सय रुपैयाँले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडाैं । मंसिर सुरु भएसगैं सुनको मूल्य घट्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । यो घटेसँगै सुनको मूल्य तोलाको ९८ हजार रुपैयाँमा कायम भएको छ ।

बुधबार सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९८ हजार ४ सय रुपैयाँ थियो । चाँदीको मूल्य (बिहीबार) तोलामा १० रुपैयाँले घटेर १२ सय ८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदी तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार ११:५८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।