Logo

अर्थ

सेयर बजारमा हरियाली, नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो



काठमाडौं । साता अन्तिम कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से २५.५७ अंकले बढेर एक हजार ९ सय ३६ दशमलब ८३ विन्दुमा राकिएको छ ।

नेप्सेमा सूचीकृत २२३ कम्पनीको ४३ लाख ८४ हजार ४ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ७१ करोड ५४ लाख रुपैयाँमाथिको कारोबार भएको छ । कुल १३ उपसमूहमका सबै सूचकमा आज हरियाली छाएको छ ।

आज कारोबार भएका कम्पनीमध्ये १७२ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १३ वटा कम्पनीको सेयरमूल्य घटेको छ । २ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज सेयरबजारमा दुई हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ भने सर्वाधिक सेयरमूल्य गुमाउने कम्पनीमा फरवार्ड माइक्रोफाइनान्स रहेको छ । त्यस्तै, आज हाइड्रोपावर समूहको सर्वाधिक कुल ७ हजार ४६१ कारोबार भएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७९, बिहीबार १६:०७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।