काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८÷०७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ । १० मंसिर शनिबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीको प्रस्तावित लाभांशमध्ये हाल कायम चुक्ता पूँजी ८० करोड ५१ लाख ५५ हजार ७४१ रुपैयाँको ८ प्रतिशत बोनस सेयर र लाभांशमा लाग्ने कर प्रयोजनाको लागि समेत गरी ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृत र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।




















प्रतिक्रिया