काठमाडौं । दक्षिण भारतीय सुपरस्टार कलाकार अल्लु अर्जुन यतिबेला ‘पुष्पा २’को लागि तयारीमा छन् । अघिल्लो सालको सुपरहिट चलचित्र ‘पुष्पा: द राइज’ को सिक्वेलका रूपमा रहेको फिल्म अहिले दर्शकका लागि बहुप्रतीक्षित बनेको छ ।
अझैसम्म पनि पहिलो भागको डायलग, गीत र आइकोनिक नृत्यले सबैलाई मनोरञ्जन गराइरहेको छ । अब भने दोस्रो भागले दर्शकहरूलाई कौतुहल बढाएको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार पुष्पाका निर्देशक सुकुमारले रामचरणलाई पनि साथ लिने भएका छन् । दक्षिण भारतीय चलचित्रका अर्का ठूला सुपरस्टार रामचरण अब पुष्पा २ मा देखिने भएका छन् । रामचरणको फिल्ममा केमियो भूमिका हुने बताइएको छ ।
सुकुमार र रामचरणले यसअघि ‘रङ्गस्थलम’ चलचित्रमा काम गरेका थिए । सोही रङ्गस्थलम फिल्मको ‘चिट्टी बाबु’को भूमिकामा रामचरणले पुष्पा २ मा एन्ट्री गर्ने बताइएको छ । एजेन्सी





















प्रतिक्रिया