Logo

मनोरञ्जन

पल शाहको सफाइपछि पूजाले भनिन्–अहिले खुसीको सिमै रहेन



अभिनेत्री पूजा शर्माले अभिनेता पल शाहको सफाइको खबरले आफ्नो खुसी व्यक्त गरेकी छन् । उनले सामाजिक संजालमा एक पोष्ट गर्दै आफू जहिले पनि पलको साथमा रहेको समेत बताएकी छन् ।

‘जहिल्यै तिम्रो साथमा थिएँ, अहिले खुसीको सीमा रहेन’, लभ चिह्नसहित पूजाले समाजिक सञ्जालमा लेखेकी छन् । पूजाले शाह पक्राउ परेसँगै उनको पक्षमा अभिव्यक्ति दिँदै आएकी थिइन् । बलात्कार आरोपीको पक्षमा खुलेको भन्दै उनको आलोचना समेत भएको थियो ।

उनले आज तनहुँ जिल्ला अदालतबाट सफाइ पाएपनि नवलपुरले भने यौन दुव्र्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्षको जेल सजाय सुनाएको थियो । यस्तै उनलाई १० लाख जरिवाना पनि सुनाइएको थियो ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलवार २१:५१   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।