Logo

मनोरञ्जन

फिल्म‘भगवद्गीता’मा नायक विपिन कार्की




काठमाडौं । सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुन लागेको फिल्म ‘भगवद्गीता’को नायकमा विपिन कार्की अनुबन्धित भएका छन् । बुधबार निर्माण कम्पनी र अभिनेता कार्कीबीच लिखित सम्झौता भएको छ । झरना थापाको फिल्ममा सुहाना थापा र धीरज मगरसहित विपिन प्रमुख पात्रको रुपमा देखिंदैछन् ।

माघ २० गतेदेखि छायांकन सुरु हुने फिल्ममा विपिनले नायककै भूमिकामा अभिनय गर्ने निर्माता सुनिलकुमार थापाले जानकारी दिए । फिल्मलाई आगामी वैशाख १ गते रिलिज गर्ने योजना रहेको समेत निर्माता थापाले जानकारी दिए । फिल्मलाई अभिनेत्री सुहाना थापा सीईओ रहेको त्रि–नेत्रम् डिष्ट्रिब्युसनले उपत्यकाबाहिर र काव्या फिल्मसले काठमाडौंमा वितरण गर्ने भएको छ ।

प्रकाशित मिति : ४ माघ २०७९, बुधबार १३:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।