Logo

प्रमुख समाचार

सभामुख सत्तापक्षको भएपछि उपसभामुख प्रतिपक्षको हुँदा राम्राे : बद्री पाण्डे



काठमाडौं । नेपाली कांग्रेसका नेता बद्री पाण्डेले सभामुख र उपसभामुख सत्तापक्षबाटै हुन नहुनेमा जोड दिएका छन् । प्रतिनिधिसभामा शनिबार उपसभामुखमा कांग्रेस नेतृ मुक्ताकुमारी यादवलाई प्रस्ताव गर्दै उनले सभामुख सत्तापक्षबाट भएपछि उपसभामुख प्रतिपक्षबाट हुनुपर्ने बताएका हुन् ।

‘सत्तापक्षले प्रस्ताव गरेको व्यक्ति सभामुख भएपछि उपसभामुख प्रतिपक्षले प्रस्ताव गरेको व्यक्ति हुनुपर्छ, यसरी मात्र सदनलाई एकताबद्ध बनाएर लैजान सजिलो हुन्छ’, उनले भने । संविधानमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्छ भन्नुको मतलब फरक पक्षको भनिएको सांसद पाण्डेले बताए ।

सांसद यादव उपसभामुखको लागि योग्य उम्मेदवार भएको पनि उनले बताए । संघीय संसदको दुबै सदनमा काम गरेको, संसदीय समितिहरुमा पनि मिहिनेतपूपर्वक काम गरेको, नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा धेरै मत ल्याएर जितेको, लामो समय शिक्षण पेशामा रहेको र ११ वर्ष प्रधानाध्यापक भएर काम गरेकाले यादव उपसभामुखका लागि योग्य भएको सांसद यादवले बताए ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार १४:३२   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।