Logo

प्रमुख समाचार

केपी ओली लक्षित मेटमणिकाे टिप्पणी : संविधान मास्न पूर्वप्रधानमन्त्री नै ढुकेर बस्नुभएकाे छ



काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले संसद्‍मा संविधान च्यात्न र मास्न खोज्नेहरूको उपस्थिति जबरजस्ती बलियो बनिरहेको औंल्याएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा उपसभामुखकी उम्मेदवार मुक्ताकुमारी यादवलाई समर्थन गर्दै नेता चौधरीले संविधान नष्ट गर्नका लागि पूर्वप्रधानमन्त्री नै ढुकेर बसेको टिप्पणी गरे ।

उनले भने, ‘संविधानलाई नष्ट गर्नका लागि पूर्वप्रधानमन्त्री ढुकेर बसिरहनुभएको छ । नाम त सबैलाई थाहै छ । त्यस्ता व्यक्तिहरूको उपस्थिति संसद्‍मा महत्त्वपूर्ण भयो भने फेरि संविधान च्यात्ने काम हुनसक्छ, संविधान धुजाधुजा हुनसक्छ ।’

नेता चौधरीले संविधानको व्यवस्थाबमोजिम प्रतिनिधिसभाको उपसभामुखमा सांसद मुक्ताकुमारी यादव उपयुक्त हुने बताए ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार १४:५९   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।