Logo

प्रमुख समाचार

प्रचण्डलाई विश्वासको मत दिएर पार्टीले गलत गरेकाे कांग्रेस संस्थापन इतर पक्षकाे ठहर



काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर पक्षले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासकाे मत दिएर पार्टीले गल्ती गरेकाे ठहर गरेकाे छ । नेता शेखर कोइरालाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर गल्ती भएकाे बताएका हुन् । बत्तिसपुत्तलीस्थित अनुपम फुडल्याण्डमा जारी संस्थापनइतर समूहको बैठकमा उनले यस्तो निष्कर्ष सुनाएका हुन् ।

‘हामीले विश्वासको मत दिएर गल्ती गर्‍यौं । मैले कार्यसम्पादनमा तठस्थ बस्ने प्रस्ताव राखेको थिएँ । सुनुवाइ भएन । बहुमतको निर्णय मान्नुपर्ने बाध्यता पर्‍यो । विश्वासको मत दिन हुन्थेन’, कोइरालाको भनाइ उद्धृत गर्दै एक नेताले भने । बैठकमा एमाले नेतृत्वको गठबन्धन बनेसँगै फेरिएको राजनीतिक कोर्ष, आसन्न केन्द्रीय समिति बैठक, राष्ट्रपति(उपराष्ट्रपति चुनाव र रणनीतिबारे छलफल भइरहेको छ ।

केन्द्रीय कार्यसम्पादन समितिको पुस २६ को बैठकमा प्रधानमन्त्री प्रचण्डलाई बहुमतले विश्वासको मत दिने निर्णय गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, अर्जुनसिंह केसी, प्रकाशमान सिंह र प्रदीप पौडेलले फरक मत राखेका थिए । तर उनीहरुले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत भने दिएका थिए ।

प्रकाशित मिति : ८ माघ २०७९, आईतवार ११:१७   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।