धरान । धरान उपमहानगरले सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएको घर–टहरामा डोजर चलाएको छ । सो क्रममा स्थानीयवासी र सुरक्षाकर्मीबीच झडपसमेत भएको छ। यद्यपि ठूलो संख्यामा परिचालित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले स्थिति नियन्त्रणमा लिएका थिए ।
धरान उपमहानगरको वडा नम्बर ५ मा रहेको अँधेरी खोला किनारको जग्गा अतिक्रमण गरेर स्थानीय मुना चौधरी लिम्बूले घर बनाएकी थिइन् । सोही घर उपमहानगरले भत्काएको हो । उपमहानगरले घर भत्काउनु अघि २ पटक घर नबनाउन सूचना दिएको र बनेको संरचना भत्काउन भनेको उपमहानगर कार्यालयले जनाएको छ ।
उपमहानगरले घर नबनाउन पत्राचार गरेपछि घरधनी मुनाले वडा कार्यालयलाई विपक्षी बनाएर अन्तरिम आदेशको माग गर्दै जिल्ला अदालत सुनसरीमा रिट दायर गरेकी थिइन्। तर उनको रिटमा अदालतले अन्तरिम आदेश दिएन । उपमहानगरले निर्णय गरेर घर भत्काएको जनाएको छ।




















प्रतिक्रिया