Logo

प्रमुख समाचार

रास्वपाको उपनेतामा श्रेष्ठ चयन, प्रमुख सचेतकको जिम्मा परियारलाई



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपनेतामा विराजभक्त श्रेष्ठ चयन भएका छन् । पार्टी कार्यालय बसुन्धारामा आइतबार बसेको संसदीय दलको बैठकले उपनेतामा श्रेष्ठलाई चयन गरेको हो ।

यसैगरी बैठकले सन्तोष परियारलाई प्रमुख सचेतक चयन गरेको छ । श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् भने परियार समानुपातिकतर्फका सांसद हुन् ।

प्रकाशित मिति : ८ माघ २०७९, आईतवार २१:०६   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।