Logo

प्रमुख समाचार

उपसभामुख राना मगरको शपथ आज



काठमाडौं । नवनिर्वाचित उपसभामुख इन्दिरा राना मगरले आज पद तथा गोपनियताको शपथ लिँदै छिन् । रानाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सभामुख देवराज घिमिरेबाट साँझ ५ बजे शपथ ग्रहण गर्नेछिन् ।

प्रतिनिधिसभाको उपसभामुखमा शनिबार निर्वाचित भएकी राना समाज सेवामा क्रियाशील रहेकी थिइन् । उनी राजनीतिमा आएको छोटो समयमै प्रतिनिधिसभा सदस्य हुँदै उपसभामुख बनेकी हुन् ।

झापाको अर्जुनधारा नगरपालिका–११ स्थित देउनिया बस्तीकी राना मगर राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट समानुपातिक प्रतिनिधिसभा सदस्य चुनिएकी हुन् ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार ११:२५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।