Logo

मनोरञ्जन

पल शाहलाई कारागारभित्रै जन्मदिन मनाउन अनुमति



काठमाडौं । नायक पूर्णविक्रम (पल) शाहको जन्मदिनको अवसरमा उनलाई सामाजिक सञ्जालमा फ्यान र निकट फिल्मकर्मीले शुभकामना दिइरहेका छन् । बुधबार ३३ वर्ष पुगेका शाह तनहुँ जिल्ला कारागारभित्रै जन्मदिन मनाउँदैछन् ।

कारागार प्रशासनले आफन्त र केही साथीभाइको उपस्थितिमा केक काटेर जन्मदिन मनाउन शाहलाई अनुमति पनि दिएको छ । पलले एउटा केक अर्डर गरेको र प्रशासनले जन्मदिन मनाउन अनुमति दिएको निमित्त कारागार प्रशासक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

पललाई जन्मदिनको शुभकामना दिन अभिनेत्री पूजा शर्मा, निर्देशक शोभित बस्नेत र संगीतकार योगेशकाजी पनि कारागारमै पुगेका छन् । निमित्त कारागार प्रशासक अधिकारीका अनुसार पूजा र शोभितले केक लिएर पललाई भेट्न पुगेका थिए । पलकी ठूलीआमा नाता पर्ने व्यक्ति पनि कारागार पुगेकी थिइन् ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार १४:२७   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।