Logo

मनोरञ्जन

गायक हिमाल सागरको मैँ राजा तिमी रानीमा मिस पवी



काठमाडौँ । गायक हिमाल सागरको मैँ राजा तिमी रानी बोलको गीतको भिडियो रिलिज भएको छ । सन्तोष दाहालको शब्द तथा विशाल निरौलाको संगीत तथा एरेन्ज रहेको गीतमा पुष्कर खत्रीको मिक्स र मास्टरिङ रहेको छ ।

भिडियोमा हिमाल सागरसँग टिकटकबाट चर्चा कमाएकी मिस पवीको अभिनय देख्न सकिन्छ । एक सफल प्रेम कथालाई नजिकबाट रोमान्टिक शैलीमा देखाइएको भिडियोको निर्देशन बिक्रम चौहानले गरेका हुन् । उत्सब दाहालको छायांकन, मिन रावलको सम्पादन तथा विकाश दाहालको कलरिङ रहेको भिडियोको निर्माण शम्सेर श्रेष्ठले गरेका हुन् ।

धुलिखेल आसपासका रमणीय स्थानहरुमा छायांकन गरिएको भिडियो साईराम पिक्चर्सको युट्युब च्यानलबाट बजारमा आएको हो ।

प्रकाशित मिति : १३ फाल्गुन २०७९, शनिबार ११:४०   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।