Logo

पाँच ब्रोकरको कार्जिन कारोबार अनुमति खारेज 



पाँच ब्रोकर कम्पनीको मार्जिन कारोबार अनुमति खारेज भएको छ । श्रीकृष्ण सेक्युरिटीज (ब्रोकर नम्बर २८०, सुन्धारा सेक्युरिटीज(ब्रोकर नम्बर ५२), प्रज्ञान सेक्युरिटीज (ब्रोकर नम्बर १०), नासा सेक्युरिटीज(ब्रोकर नम्बर ५८) रसुप्रवी सेक्युरिटीज (ब्रोकर नम्बर २२) लाई नेप्सेले मार्जिन कारोबार सेवा नवीकरणका लागि निवेदन प्राप्त नभएकाले कम्पनीको सदस्यता खारेज गरेको हो ।

मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यविधि, २०७५ परिच्छेद २ को दफा ६(२) मा भएको व्यवस्था बमोजिम  नविकरण नभएपछि खारेज भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ । कार्यविधिमा मार्जिन कारोबार सेवा नवीकरणका लागि निवेदन प्राप्त नभएका सदस्य दलालहरुको अनुमतिपत्र स्वतः खारेज हुने व्यवस्था छ ।

मार्जिन कारोबार अनुमति पाएका २२ ब्रोकर कम्पनीहरुमध्ये अन्य १७ ब्रोकर कम्पनीहरुले नविकरण गर्न निवेदन दिएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार १४:२४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।